एमालेलाई मेटमणिले भने- विरोधका लागि मात्रै विरोध नगर्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका नेताहरूले ठिक कुरालाई पनि ठिक भन्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममा छलफलमा बोल्दै उनले विरोधका नाममा विरोध नगर्न आग्रह गरे।

उनले भने, ‘यो फेरि रिराइट गर्ने कुरा ठिक हुन्छ त ? अनावश्यक निहुँ खोज्ने कुरा ? अव्जेशनको नाममा ठिक कुरालाई पनि बेठिक बनाउने कुरा गलत हो।’

उनले आफ्नो पालामा ल्याएको सबै राम्रो अर्को सरकारले ल्याएको त्यही विषयलाई गलत भनेको टिप्पणी गरे।

संसदमा केही आफूले बोलेको कुरा पनि रेकर्डबाट हटाउनुपर्ने हो कि भन्ने डरले सचेत भएर बोलेको बताए।

Comments

One response to “एमालेलाई मेटमणिले भने- विरोधका लागि मात्रै विरोध नगर्नुस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    बाख्रा चोर्दाचोर्दै साँसद भएका जस्ता पनि छन् सदनमा । तिनको काम लुटने, क्रिश्चियनको तावेदारी गर्ने र एकमात्र काम ओलिको विरोध गर्ने हो । तिनले ओलिको विरोध गर्न विदेशीबाट पैसा खाएका छन् । ती जनताबाट सकिदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *