सिन्धुली अस्पतालकाे घटनाप्रति चिकित्सक संघकाे ध्यानाकर्षण

काठमाडौं । नेपाल चिकित्सक संघले सिन्धुली अस्पतालमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव डा. सन्जिव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै सिन्धुलीमा उपचार गर्न ल्याइएकी सुत्केरीलाई आफन्तहरुको समन्वयमा अन्यत्र प्रेषण गरिएको घटनालाई अतिरञ्जित गर्दै अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्याई बिरामीहरुको उपतारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि मनासिक तनाव सिर्जना भएकोप्रति घोर भर्तसर्ना र निन्दा गरिएको छ ।

‘अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई नै निरुत्साहित गर्ने स्वास्थ्य संस्थाको तोडफोडमा उत्रने दोषीमाथि आवश्यक छानबिन र कारबाहीको जोडदार माग गर्दर्छौं’, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच सिन्धुली अस्पतालका १४ जना डाक्टरहरुले सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि ठप्प रहेको सिन्धुली जिल्ला अस्पतालको सेवा सुचारु भएको थियो । तर घटनाका कारण भौतिक क्षति तथा स्वास्थ्यकर्मीको मानसपटलमा पुग्न गएको असरका कारण स्वस्थरुपमा बिरामीको उपचार गर्न सक्ने क्षमता आइनसकेकोले मानसिकरुपमा तयार नहुञ्जेल कुनैपनि सेवा प्रवाह गर्न नसक्ने भन्दै उनीहरुले सेवा बन्द गरेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *