काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्थानीय तहमा व्यापक स्रोत र साधनको दुरुपयोग गएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यसलाई सुधारको लागि नीति तथा कार्यक्रममा केही नआएको बताए।
उनले भने, ‘केन्द्र २५ वटा मन्त्रालयबाट चल्न सक्छ। प्रदेशलाई १३-१४ वटा मन्त्रालय चाहिएको छ। अझै विभाजन गरेर राज्यमन्त्री बनाउने समेत खेल चलिरहेको छ। मैले बुझ्न सकेको छैन। यसलाई रोक्ने नीति मैले देखेको छैन।’
उनले निर्वाचन प्रणाली खर्चिलो भएको बताए।
उनले भने, ‘मैले मेरो निर्वाचनमा ९ लाख खर्च गरेँ। त्यो मैले गरेको खर्च हो। त्यसमा कति मान्छेहरू स्वत:स्फुर्तरुपमा हिँडेका छन्। उनीहरूले आआफ्नो ढंगबाट गरे मैले बुझाउनु परेन।’
उनले पार्टीमा टिकट पाउनकै लागि पैसा दिनुपर्ने अवस्था रहेको बताए।
उनले थपे, ‘यहाँ सबै साथीहरू हुनुहुन्न छातीमा हात राखेर भन्नुस्। कयौँ पार्टीहरूमा टिकट पाउनका लागि कति पैसा बुझाउनुपर्यो ? टिकट पाएपछि चुनावमा जान कति खर्च गर्नुपर्यो ? कति बुझाएर प्राप्त गर्नुपर्यो ? अनि त्यो पैसा कहाँबाट असलउपर हुन्छ ? यहाँ ठुल्ठुला कुरा गर्ने कयौँ माननीयहरूले पनि कुन ढंगले राजनीतिक यात्रा अगाडि बढाउनुभयो ? कुन बाटो हुँदै संसद् आउनुभयो भन्ने कुरा छर्लङ्ग छ।’

Leave a Reply