रवि लामिछानेको आग्रह- संसद्को रोष्ट्रमबाट छेडखानी नगरौं, विगतका २० वर्ष फर्केर हेर्नुस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूलाई संसद्को रोष्ट्रम दुरुपयोग गरेर एक अर्कालाई छेडखानी नगर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ठुला दलहरूका नेताहरूले ३० वर्षमा आफूहरूले गरेको काम एक पटक फर्केर हेर्न आग्रह गरे।

उनले भने, ‘लामो समय राजनीति गरिरहनु भएको नेताजीहरूले संसद्को रोष्ट्रममा आएर एकअर्कालाई छेडखानी गरिरहेको, मैले मेरो कार्यकालमा यसो गरे उसो गरे भनिरहनुभएको कथा हामीले पढ्यौँ। तपाईँहरूले यो ३० वर्ष के गरेँ हेर्न एक पटक कान्ति बाल अस्पताल जानुहोला। सरकारी विद्यालय जानुहोला। त्यसैले संसदमा एकअर्कालाई छेडखानी गर्नको लागि एकअर्काकै घरमा गएर चिया खाएर कुराकानी गर्नुस्। यो महत्त्वपूर्ण ठाउँलाई दुरुपयोग नगर्नुस्। चिया खाने ठाउँ अभाव छ भने भर्खरै आएका दल तथा सांसदहरूकहाँ आउनुस्।’

उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *