तस्बिरमा हेर्नुस् चीनमा निर्माणाधीन पम्प्ड स्टोरेज विद्युतगृह

छाङ्सा (हुनान) । चीनले हुनान प्रान्तमा एक हजार ४०० मेगावाटको पम्प्ड स्टोरेज जलविद्युतगृह बनाइरहेको छ। चिनियाँहरुका अनुसार विश्वको पम्प्ड स्टोरेजको २ प्रतिशत मात्रै चिनियाँ हिस्सा छ।

चीनले अब त्यो मात्रा बढाउन लागिरहेको छ। हुनान प्रान्तको राजधानी छाङ्साबाट दुई घन्टाको सडक दूरीमा रहेको हुनान पिङजिआङ पम्प्ड स्टोरेज कम्पनी लिमिटेडको नाममा उक्त विद्युत गृह बनिरहेको छ।

दुईवटा ताल बनाएर तलको पानी माथिल्लो तालमा पम्प गरेर उकालेर पुनः पानी झारेर टर्बाइन घुमाएर विद्युत उत्पादन गर्ने तरिका हो पम्प्ड स्टोरेज।

यसमा पानी दुई तालमा दौडिएर विद्युत उत्पादन हुन्छ। तर, पम्प्ड स्टोरेजमा तलको पानी माथि लान पनि बिजुली आवश्यक हुन्छ। त्यसैले विद्युतीय उत्पादन धनात्मक हुने देशहरुले मात्रै यस्तो प्रविधि प्रयोग गरेको बताउँछन् हुनान पिङजिआङ पम्प्ड स्टोरेज क्षेत्रमा पुगेका नेपाल सरकारका इन्जिनियर विजय पुरी।

चीन विद्युतीय रूपमा सबल भएकोले यस्तो प्रोजेक्टमा सक्रिय भएको पुरीले बताए। ऊर्जा मन्त्रालयको विद्युत विकास विभागका इन्जिनियर पुरीले नेपालले नेपाल विद्युतीय उत्पादनमा ‘सरप्लस’ तहमा पुगेपछि भने यो क्षेत्रमा काम गर्न सकिने बताए।

उनले भने, ‘कास्कीको बेगनास ताल र रुपा तालमा यस्तो खालको पम्प्ड स्टोरेज जलविद्युतीय उत्पादनको एकखाले अध्ययन पनि भएको छ। नेपालमा पम्प्ड स्टोरेज उत्पादन बेगनाम र रुपा तालमा सम्भावना छ।’

 

Comments

One response to “तस्बिरमा हेर्नुस् चीनमा निर्माणाधीन पम्प्ड स्टोरेज विद्युतगृह”

  1. निर्माण पोखरेल Avatar
    निर्माण पोखरेल

    धेरै राम्रो सुचना (जानकारी) प्राप्त भयो राज्य संचालक हरु संग यो जानकारी पुगोस, देशको आर्थिक तथा भौगोलीक हिसावले उपयुक्त भएमा बिकाशका संपूर्ण अवधारणाहरू लागु गर्न बिलम्ब गर्न नहुने बेला भएको छ 🙏🏽 बिराट जि तपाइलाई मूरी मुरी धन्यवाद , चाँडै नया लेख हेर्न पाइयोस 🙏🏽

Leave a Reply

Your email address will not be published. Required fields are marked *