नीति तथा कार्यक्रम राष्ट्रपति पौडेल आफैंले पढ्ने तयारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आफैं संसदमा प्रस्तुुत गर्ने भएका छन् ।

राष्ट्रपति पौडेल पूर्णरुपमा स्वस्थ नभइसकेकाले जेठ ५ गते सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पढ्नेगरी छलफल अघि बढेको थियो ।

तर, अहिले राष्ट्रपतिले आफैं संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनले भने, ‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आइसकेको छ। आफ्नो सरकारी जिम्मेवारीलाई बिस्तारै आफैं गर्न थालिसक्नुभयो । नीति तथा कार्यक्रम अब आफैंले पढ्नुहुन्छ ।’

सरकारले राष्ट्रपतिले अलिकति सुरु गरेर प्रधानमन्त्रीलाई पढ्न दिनेगरी छलफल चलाएपछि एमालेले त्यसको विरोध गरेको थियो । एमालेले राष्ट्रपति अस्वस्थ भए उपराष्ट्रपतिले त्यो जिम्मेवारी पाउनुपर्ने अडान राखेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *