विराट राजाको दरबार क्षेत्रको प्रचारप्रसारका लागि हाफ म्याराथन

विराटनगर । ऐतिहासिक तथा पर्यटकीय स्थल विराट राजाको दरबार क्षेत्रको प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

विराटनगर १८ भेडियारी देखि सुनसरीको बर्जू ताल सम्म हाफ म्याराथन प्रतियोगिता हुने भएको छ हो ।

दुवै पर्यटकीय स्थलको प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको पर्यटन बन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव डा सञ्जीव राई ले बताए ।

२३ किलोमिटरको दुरीमा आयोजना गरिने प्रतियोगितामा पुरुषतर्फ र महिलातर्फ गरी बढीमा १०० जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।

दौड विराट राजाको दरबार सङ्ग्रहालयबाट सुरु भई विराटनगर भन्सार आइसीपी हुँदै कोशी राजमार्ग, रोडसेस, बसपार्क, जन आन्दोलन चोक, भट्टी मोड चोक हुँदै केसलिया रोड, केसलिया पुल, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक हुँदै शुक्रबारे चिमडी हुँदै बर्जू तालको उत्तर गेटबाट भित्र प्रवेश गर्ने राईले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख द्वितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ यस्तै ३ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

यसै गरी महिला तर्फ ५ किलोमिटर दौड प्रतियोगिता पनि आयोजना हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने सचिव राईले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *