विद्यार्थी एकता दिवसको अवसरमा अखिल क्रान्तिकारीको रक्तदान कार्यक्रम (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले ५८ औँ विद्यार्थी एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

नेपाल कमर्स क्याम्पस, मीन भवनमा बिहान आठ बजेदेखि रक्तदान भइरहेको संगठनका प्रवक्ता उपदेश यादवले बताए।

विद्यार्थीहरूमा एकताको सन्देश दिन आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच वामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रमको आयोजना समेत गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *