काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा राखिने भएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न ४ दिनको म्याद दिएपछि प्रहरीले दरबारमार्गमा राख्ने तयारी गरेको हो ।
काठमाडौं प्रहरी परिसर टेकुले खाणलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गराएको छ । यस प्रकरणमा हालसम्म १० जना पक्राउ परिसकेका छन् भने पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायामाझी भने सम्पर्कविहीन छन् ।

Leave a Reply