काठमाडौं । एनसेल आजियाटाको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो भने आजबाट उनले आफ्नो कार्यभार सम्हालेका छन् ।
करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ । जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) दूरसञ्चार संस्थाअन्तर्गत प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेको जनाइएको छ ।
जाब्बोरले भने, एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु । प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु । टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा गु्रपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पुर्याउन ध्यान केन्द्रित गर्नेछु ।
त्यसैगरी, नयाँ प्रविधि र ग्राहककेन्द्रित नवीन सेवा-सुविधामा जाब्बोरको चासो र डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ ।

Leave a Reply