प्रधानमन्त्रीलाई माधवले भने- भ्रष्टाचारविरुद्ध जान सक्नुभएन भने तपाईंमाथि पनि औंलो ठडिन्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन दिन आग्रह गरेका छन् ।

एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन गर्दै अहिले वामपन्थी र लोकतान्त्रिक शक्तिसहितको बनेपछि जनताले धेरै अपेक्षा राखेको बताए ।

उनले भने, ‘अहिले देशको राजनीति जुन हिसाबले अगाडि बढिरहेको छ। त्यसबाट जनताले आशा गरिरहेका छन् । मैले पनि प्रधानमन्त्रीसँग अस्ति मात्रै बसेर कुरा गरें । यदि तपाईंले राम्रो काम गर्नुभएन भने भ्रष्टाचारका विरुद्ध र जनतालाई सेवा सुविधा दिने कुरामा ध्यान गएन भने औंलो ठडिनेछ ।’

उपनिर्वाचनको नतिजाले ठुला दल झस्किनुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘अहिले दुई ठाउँको चुनावको परिणामले ठुला पार्टीलाई झस्काउनुपर्छ । सतर्क बनाउनुपर्छ । कमिकमजोरी कहाँ रह्यो खोजी गर्नुपर्छ हामीले पनि ।’

Comments

One response to “प्रधानमन्त्रीलाई माधवले भने- भ्रष्टाचारविरुद्ध जान सक्नुभएन भने तपाईंमाथि पनि औंलो ठडिन्छ (भिडिओ)”

  1. bhushan Avatar
    bhushan

    पाटी पौवा मा बोलेंर हैन हज़ूर सही ठाम माँ बोलनी होकि??? आफ़ना मंत्री लाई पनी राम्रो काम गर्नी निर्देसन दिनु होला है कामरेड— 🙏🏼🙏🏼🤣🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *