एउटै गाडी चढेर संसद् भवन पुगे रवि र स्वर्णिम (तस्बिरहरु)

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित रास्वपा सांसदहरू सभापति रवि लामिछाने र डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथपछि उनीहरू एउटै गाडी चढेर सदनमा पुगेका हुन् । नागरिकता विवाद मुद्दामा यसअघिको सांसद पद गुमाएका रवि उपचुनावबाट पुन: इन्ट्री मारेका हुन् ।

लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट निर्वाचित भएका थिए ।

तस्बिरहरू : उमेश कार्की

Comments

One response to “एउटै गाडी चढेर संसद् भवन पुगे रवि र स्वर्णिम (तस्बिरहरु)”

  1. Ramesh Nepal Avatar
    Ramesh Nepal

    नेता ज्यूहरू कुन ग्रामीण इलाकाबाट आउनुहुदो रैछ? सबैजनाले नै ल्याण्डक्रुजर प्राडो चढ्नुपर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *