उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने

काठमाडौं । उदयपुरको पर्यटकीय गाउँपालिका लिम्चुङबुङले आफ्नो लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ।

गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो सुरु गरेको गाउँपालिका अध्यक्ष मेजर राईले बताए । अध्यक्ष राईले सामाजिक सञ्जालबाट गाउँपालिकाले कार्यपालिकाबाटै निर्णय गरेर यस्तो थालनी गरेको भन्दै लेखेका छन्, ‘अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरुको शीर्षकमा उल्लेख हुनेछ ।’

भित्री मधेसको जिल्ला भएर पनि उदयपुरको यो पालिकाबाट हिमालय शृङ्खलाहरु देख्न सकिन्छ । सगरमाथा देख्न सकिन्छ । सगरमाथा देख्न सकिने विन्दुलाई गाउँपालिकाले ‘एभरेस्ट भ्यू टप’ भनेर प्रवर्द्धन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *