‘टीआरसी’ संसदीय विशेष समिति गठन गर्ने, संसद्को चालु अधिवेशन १५ गतेसम्म चलाउने सहमति

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयकलाई टुंगोमा पुर्‍याउन विशेष समिति गठन हुने भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको शीर्ष तहको बैठकमा १५ सदस्यीय टीआरसी विशेष समिति गठन गर्ने सहमति भएको हो।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीअनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको छ।

यस्तै, संसद्को चालु अधिवेशन पनि वैशाख १५ गतेसम्म चलाएर अन्त्य गर्ने सहमति भएको बताए। प्रतिनिधिसभाको बैठक यही १२ गतेको लागि बोलाइएको छ। यो अधिवेशन अन्त्य गरेपछि सरकारले बजेट ल्याउनको लागि बजेट अधिवेशनको आह्वान गर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *