शंकर पोखरेलको टिप्पणी- अराजकतावादीहरुले सामाजिक सञ्जालबाट राष्ट्रिय शक्तिमाथि प्रहार गरे

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै समाजिक सञ्जालबाट अराजकता मच्चाएको आरोप लगाएका छन्।

शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘अराजकतावादीहरुले सामाजिक सञ्जालको प्रयोग गरेर बलियो राष्ट्रिय शक्तिमाथि प्रहार गर्ने गरेका छन्। यो राष्ट्रलाई अगाडि बढाउने हो भनेर सामाजिक सञ्जालमा एमालेको राम्रो उपस्थिती देखाउनुपर्छ।’

उनले पहिला जितेको ठाउँमा चुनावमा एमालेले पराजित हुनुपरेको कारण खोज्दै संगठित भएर लाग्न आग्रह गरे। एमालेनै बलियो राष्ट्रिय शक्ति बन्ने उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *