गुल्मीमा डढेलो निभाउने क्रममा घाइते भएका थप एकजनाको मृत्यु

रूपन्देही । गुल्मीमा वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार राती गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनको आगो निभाउने क्रममा गम्भीर घाइते स्थानीय ५२ वर्षीय धनबहादुर जोगी कुँवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते भएका अर्का १३ वर्षीय विद्यार्थी दिपक कुमालको घटना भएकै राती मृत्यु भएको थियो । गाउँपालिकाले मृतकको परिवारलाई राहत दिने अध्यक्ष भुपाल पोखरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *