ओली प्रवृत्तिका मानसपुत्र फन्टुसहरू सडकमा नेता भएर हिँडेका छन्, यस्तै फन्टुसले जित्छन् : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले राजनीतिक भद्रगोल हुनुको मुख्य कारक एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीवादको सिद्धान्त म र मेरो फाइदा मात्रै भएको टिप्पणी गरे ।

‘हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो । यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिगत कुरा गर्न खोजेको होइन । त्यो एउटा प्रवृत्तिको रूपमा हुर्कियो । त्यसमा विचार म हो, मेरा हो भन्ने भयो’, उनले भने, ‘मलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्छु त्यही नै ओलीवादको सिद्धान्त हो । म विचार हो, मेरो फाइदा सिद्धान्त हो । मेरा समर्थकमात्रै असल हुन् अरु सबै शत्रु हुन् । यति भएपछि ओली प्रवृत्तिको मुसल तयार भयो ।’

नेता भुसालले थपे, ‘ओलीवादको यही कारणले ओली प्रवृत्तिका मानसपुत्र र तीनबाट जन्मेकाहरू सडकमा छन् । जब अनुशासनहीनता र मूल्यहीनताका बीचमा फन्टुसहरूका बीचमा झगडा हुन्छ वा प्रतिस्पर्धा हुँदा कसले जित्छ भन्दा सबैभन्दा फन्टुसले नै जित्छ । आज त्यही भएर सडकमा सबैभन्दा धेरै फन्टुसहरू नेता भएर हिँडिराखेका छन् ।’

संसद र पार्टी विघटन गरेर ओलीले देशको राजनीतिक भद्रगोल बनाएकै कारणले वैकल्पिक भन्नेहरु अहिले सडकमा देखिएको उनको भनाई छ ।

Comments

8 responses to “ओली प्रवृत्तिका मानसपुत्र फन्टुसहरू सडकमा नेता भएर हिँडेका छन्, यस्तै फन्टुसले जित्छन् : घनश्याम भुसाल (भिडिओ)”

  1. bharat kumar Thapa Avatar

    घनश्याम भुसाल म अखिलमा ०३७/०३८ देखि छु अखिलको नेता हुदा उग्रवामपन्थी भाषण त्रिचन्द्र लगायत अन्य ठाउमा पनि सुनेको छु २०४६को आन्दोलन पछि तपाईंहरू एकादेशका हुनु भयो जब २०५४मा पार्टी फुटाउने काममा उग्रवादी सोचले ग्रस्त तपाईंहरू र त्यसको लप्कामा हामी पनि पछि एमालेसँग एकता गर्दा दुनो सोझाउनु भयो पटकपटक मन्त्री तपाईंको यथार्थ बुझिएको छ कांग्रेस र माओवादीको भरौटेको रूपमा अनि पछिल्लो अगुल्टो नेकपा एमालेको आर्थिक विभागमा रहेर एम अधिकारी को नाम जुङ्गा भएको मुसोको खातिर बेचेको पनि देखेको छौ ज्यादै ट्याउ ट्याउ नगरम एमालेका विरूद्धमा कृषि मन्त्रीको कहानी थाहा छ त हामीलाई ।

  2. Pushker Kadel Avatar
    Pushker Kadel

    घनश्याम भुसाल रूपमा वामपन्थी देखिएतापनि सारमा भने उनी दक्षिणपन्थी राजनीति बलियो बनाउने अभियानमा थिए भन्ने कुरा विसं २०३९ सालदेखि यताको उनको राजनीतिलाई सुक्ष्म विश्लेषण गरियो भने बुझ्न सकिन्छ। अहिले उनी एमाले कमजोर बनाएर नेकालाई बलियो बनाउने राजनीतिमा रमाउन खोजेको स्पष्ट देखिन्छ।

  3. nagendra Avatar
    nagendra

    यो भ्याउसोले भनेको ओली प्रब्रित्ती के हो !?
    :: नेता के हो नेत्रित्व के हो र कस्तो हुनु पर्छ !?
    :: ‘एउटा सिन्को भाँच्न’ नि के गरम भन्दै काङ्रेशको दैलो घन्टौ कुर्ने माकुने जस्तै हुन पर्ने हो !?
    :: भित्र भित्र प्रचन्ड साठ्गाठमा रहेर बिदेशिको बन्दुकले आफ्ना कार्यकर्ता उडाउदा पनि चुप चाप बस्ने लिँग बिहिन भएको ‘एमाले’ हाक्ने माकुने जस्तै ‘आदर्श’ हो नेता !?
    :: ओली प्रब्रित्ती क्र हो !?
    :: राजनीतिमा देखा पर्नै नहुने नेपाल आमालाई सामुहिक बलत्कार गर्न तयार ‘गठबन्दन’ र यस्तै भ्याउसाहरुको कारण देश कम्जोर भयो, जनता दुखी हुन पारीरहेको छ !!

  4. Yadu Kumar Avatar
    Yadu Kumar

    सबैभन्दा ठुलाे फन्टुस तिमी हाै

  5. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    घनश्याम भुसाल जिम्मेवारी बहन गर्ने नेता हैनन। यिनी बितण्डा मच्चाउने र बामपन्थिको आवरणमा काङ्ग्रेसलाई सघाउने गरेका पतित पात्र हुन् । यिनी कति छिटो आफ्नो रङ्ग फेर्न सक्छन् भन्ने कुरा थाहा पाउन गत मंसिर ४ भन्दा एक हप्ता पहिलेका गतिबिधी हेरे हुन्छ। यिनी त्रिभुजि पात्र हुन
    जता मौका पर्छ त्यतै घोच्न सक्छन् । हामिहरुले यश गफाडिका कुरा सुन्न पढ्न भनेको समयको बर्बादी हो। यिनले आफू जान्ने सुन्ने अरुले उनको follow गर्नुपर्ने आग्रह राख्छन् । Simply he talks nonsense.

  6. परदेशी कान्छो Avatar
    परदेशी कान्छो

    १) लेखलाई कपि गरेर वर्ओडमा पेस्ट गरौ! प्रबृत्ति भन्ने शब्दलाई रिप्लेस भन्ने कमान्डले घनश्याम प्रबृत्ति भन्ने शब्दले रिप्लेस गरौ।
    ३) त्यसाई घनश्यामजीको ईतिहास, परफरमेन्स र प्रबृत्ति केलाएर रिथिंक गरौ।
    बस् त्यसो गर्दा पनि यो लेख उत्तिकै रिलेभनेन्ट बन्दो रहेछ।
    अनि एक्हेकासी मुखबाट अनासास निस्कनेछ! भगवान! मुसा नमार्ने यी राता-विरालाहरुबाट हामीलाई बचाऊ भगवान!

  7. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    पून भनौ ।
    घनश्यामहरू कम्युनिस्ट आन्दोलनका गद्दार हुन । म एउटा कम्युनिस्ट समर्थक सामान्य नागरिक हु तपाईंलाई आरोप लगाउने ।

  8. खेम अर्याल Avatar
    खेम अर्याल

    मैले चिनेको घनश्याम बार्दलीवादी भष्मासुरहरुको मुटुको किलो हो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *