रुपन्देही । नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सास्थित भूतखोला पुगेका रुपन्देहीका एक युवकको डुबेर मृत्यु भएको छ ।
नयाँ वर्ष मनाउन शुक्रवार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु भएको प्रहरी चौकी दोभानाले जानकारी दिएको छ ।
पोखरी हेर्न पुगेका शिभम ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए । साथीहरूसँगै घुम्न गएका उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइए पनि त्यसअघि नै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
भूतखोलामा केही समयअघि रुपन्देहीबाटै घुम्न गएका अर्का एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।

Leave a Reply