थ्री नेसन्स कप फाइनल: सुरूआती ११ सार्वजनिक, टीममा तीन परिवर्तन

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलका लागि नेपालको सुरूआती ११ सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा ५ः ३० बजे सुरु हुने फाइनलका लागि पहिलो रोजाइमा घाइते अञ्जन विष्टको स्थान दीपकराजसिंह ठकुरीले लिएका छन्। लिग चरणको पहिलो दोस्रो खेलमा भुटानविरुद्ध घाइते भएका अञ्जन चोटका कारण बेन्चमा छन्।

यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएर निलम्बनमा परेका पुजन उपरकोटीको स्थान मणिकुमार लामाले लिएका छन्। नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगी छन् ।

पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। लाओस पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

आजको फाइनल विजेताले पाँच तथा उपविजेताले तीन हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले पाँच सय तथा प्लेयर अफ दी म्याचले दुई सय ५० अमेरिकी डलर पाउने छन्।

नेपाली टिमः किरण कुमार लिम्बु (कप्तान), विकाश खवास, अनन्त तामाङ, रोहित चन्द, मणिकुमार लामा, मणिकुमार लामा, नवीन लामा, एरिक विष्ट, आयुष घलान, सनिश श्रेष्ठ, मनिष डाँगी।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *