एमाले सांसद पन्तको आरोप- माओवादीले अझै संसदीय व्यवस्था स्वीकारेको छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आजको बैठकको सम्भावित कार्यसूचीमा रहेको अभिलेखसँग सम्बन्धी विधेयक पेश कार्यसूचीबाट किन हट्यो ? भनेर प्रश्न गरे।

उनले भने, ‘प्रधानमन्त्रीज्यू माउँदै हल्लिँदै आउनुहुन्छ। उहाँलाई सत्तापक्षको सांसदहरूले लुकाएर च्याम्बरमा लैजानुपर्छ । किनभने उहाँले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीको नाममा हुन्छ। विधेयक प्रस्तुत गर्न आफ्नो नाम झिक्न लगाउनुपर्छ। तर, संसदमै आउनुहुन्छ। भित्र पनि पस्नुहुन्छ। तर, उहाँलाई लुकाउनुपर्छ। हिजो यो विधेयक प्रस्तुत गर्ने सूचीमा राखिएको थियो भने मन्त्रीसँग पनि सोधेर राखिएको थियो। आज के अपरिहार्य काम पर्‍यो कुनै मन्त्रीको महत्त्वपूर्ण काम भनेको शासन सञ्चालन गर्ने संसदमा पेश गर्नुभन्दा अरू केही हुन्छ ?’

उनले प्रधानमन्त्री माओवादीकै भएको कारणले संसद्प्रति बेवास्ता गरेको जिकिर गरे।

उनले भने, ‘प्रधानमन्त्री माओवादीको हुनुहुन्छ। माओवादीको दस्ताबेज पढ्दा कहीँ पनि संसदीय व्यवस्था स्वीकारेको उल्लेख छैन। त्यो नस्वीकारेकै कारणले यो संसद्को मर्यादा र गरिमा बढाउन उहाँहरूलाई चासो नभएको त होइन ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *