गृह मन्त्रालयका सहसचिव मिटरब्याज पीडितलाई भेट्न बालुवाटारमा

काठमाडौं । मिटरब्याज पीडितलाई भेट्न गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत बालुवाटार पुगेका छन् ।

सहसचिव शर्माले माग पूरा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने आश्वासन दिए । उनले प्रधानमन्त्री समक्ष आफूले कुरा राख्ने उल्लेख गर्दै आन्दोलन फिर्ता गर्न आग्रह गरे ।

पीडितहरुले भने स्वयम प्रधानमन्त्रीसँग भेटेर नै माग पूरा गर्न आग्रह गर्ने अडान राखेका छन् । त्यसपछि शर्माले प्रधानमन्त्रीसँग भेट्नका लागि आफूले समय मिलाउने र सकेसम्म छिटो प्रधानमन्त्रीलाई भेटाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

विगतमा भएका सहमतिअनुसार कामहरु अगाडि बढिरहेको पनि उनले बताए ।

पीडितहरूले काठमाडौं सीडीओसँग आफूहरू खुलामञ्चमा बस्न नपाएकोबारे गुनासो पोखे । उनीहरूले मेयर बालेन शाहले आफ्नै राज्य सम्झेर हामीलाई बस्न दिइएन भन्दै सीडीओसमक्ष गुनासो गरेका थिए ।

११ दिन पैदल हिँडेर पीडितहरु महोत्तरीबाट काठमाडौं आइपुगेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *