काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले सरकारले संसदमा पेश गरेको टिआरसी विधेयकले निर्देशित न्यायपालिकाको अभ्यास गर्ने भन्दै आपत्ति जनाएका छन् ।
सरकारले आइतवार प्रतिनिधि सभामा पेश गरेको सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी वधेयकले गरेको पुनरावेदन सम्बन्धी व्यवस्था स्वतन्त्र न्यायपालिकाको आधारभूत मान्यताको विपरित रहेको भट्टराईको जिकिर छ ।
वरिष्ठ अधिवक्ता भट्टराईले भने, ‘विशेष कानुन बनाएर बिशेष इजलास गठन गर्न मिल्दैन । यस्ले निर्देशित न्यायपालिकाको अभ्यास गर्न खोजेको छ । संविधानले स्वतन्त्र न्यायपालिकाको कल्पना गरेको छ निर्देशित होइन ।’

Leave a Reply