काठमाडौं । इटहरी जुनियर जेसिसले लेखक सुविन भट्टराईलाई इटहरीका कलेजहरुमा पुर्याउने भएको छ ।
लेखक भट्टराईको छैटौं कृति इजोरियाको नाममा ‘केआईईसी इजोरिया इटहरी संवाद’ नाम दिइएको कार्यक्रमले इटहरीका कस्तुरी, कोशी, विश्व आदर्श, सुष्मा र नमुना कलेजहरु समेट्नेछ । लेखक भट्टराईले आफ्नो इटहरीका कलेज-कलेजमा पुग्ने पहिलो कार्यक्रम भएकोले फरक अनुभव भएको बताए ।
कार्यक्रम आयोजक संस्था इटहरी जुनियर जेसिसकी अध्यक्ष स्मृति न्यौपानेले आइतबार बिहान सुष्मा कलेज र मध्यान्ह कोशी कलेज र दिउँसो विश्व आदर्श कलेजमा कार्यक्रम हुने बताइन् ।
यस्तै सोमबार बिहान कस्तुरी र नमुना कलेजमा हुनेछ । दिउँसो केआईसी हलमा हुनेछ । इटहरीका पाँच कलेजलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमको उद्देश्य पठन संस्कृति विकास गर्ने रहेको न्यौपानेले बताइन् ।
‘विद्यार्थीहरुले लेखकसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्’, उनले भनिन्, ‘लेखक सुविन भट्टराईसँग संवाद गरी पठनशैली तथा लेखनशैलीलाई अघि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्दैछौं ।’

Leave a Reply