राष्ट्रपति निर्वाचित भएपछि बालुवाटार पुगे रामचन्द्र

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई आफ्नो निवासमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पौडेलले आज भएको निर्वाचनमा राष्ट्रपति चुनिएका थिए । उनले एमालेका सुवास नेम्वाङलाई पराजित गरेका हुन् ।

Comments

2 responses to “राष्ट्रपति निर्वाचित भएपछि बालुवाटार पुगे रामचन्द्र”

  1. ksp pyl Avatar
    ksp pyl

    देशले पाउछ के? भारतीयलाई सिधै नागरिकता ? नेपालका प्राकृतिक सम्पदा बेचविखन ? युवा सबै विदेश ? भएका कलकारखाना बन्द ? कृषि गर्नै नसक्ने हालतमा ? अनि प्रचण्ड प्रधानमन्त्री भए जनतालाई के अनि रामचन्द्र राष्ट्रपति भए के जनतालाई ? दुबै मिलेर देशै बेच्लान कि भन्ने त्रास पो छ जनतामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *