हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

हेटौंडा । हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा थप दुईजना घाइते भएका छन् ।

हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३-०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा मोटरसाइकल चारक र स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक स्कुटर चालक नुवाकोट ककनी नगरपालिका-४ की २८ वर्षीया जीना लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलान र बागमती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छ्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *