मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य, कुन कुन हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेयर लगानीकर्तालाई मार्जिन कारोबार उपलब्ध गराउन योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको देखाएको हो ।

जसमा १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ४ वटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, ४ वटा जीवन बीमा कम्पनी, ५ वटा निर्जीवन बीमा कम्पनी र २९ वटा लघुवित्त कम्पनी मार्जिक कारोबारका लागि योग्य देखिएका छन् ।

त्यस्तै तारागाउँ होटल रिजेन्सी, नेपाल पुनबीमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा रहेका छन् ।

‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने कार्य हो  । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले तोकेको मापदण्ड अनुसार उक्त कम्पनीहरू योग्य देखिएको नेप्सेले जनाएको छ।

शेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुबिधानै मार्जिन कारोबार हो। आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधा मार्जिन ट्रेडिङ हो । यी कम्पनीको सेयरकालागि मार्जिन सुविधा पाइनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *