एमालेका मन्त्रीहरुसँग प्रचण्डले भने- तपाईंहरुसँग काम गर्न अप्ठ्यारो थिएन, नेतृत्वसँग कुरा मिलेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका कारण शीर्ष तहमा समझदारी बन्न नसक्दा एमालेसँगको सत्ता सहकार्य टुंगिएको बताएका छन् ।

सरकारबाट फिर्ता भएको निर्णयसहित राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेका मन्त्रीहरुसँग काम गर्न कुनै समस्या नरहेको बताएका हुन् ।

प्रचण्डले भने- पछिल्लो समयको राजनीतिक घटनाक्रममा नेताहरुको बीचमा समझदारी बन्न सकेन,यो स्थिति सिर्जना भयो । तपाईहरुसँग काम गर्न अप्ठ्यारो होइन, नेतृत्वसँग समझदारी बन्न सकेन ।

सरकारलाई दिएको समर्थनसमेत फिर्ता भएको जानकारी गराउँदै सो अवसरमा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले पुस १० गतेको समझदारी कायम नहुँदा आफूहरु सरकारबाट बाहिरिएको बताए ।

भेटमा औपचारिक कुराकानीबाहेक पछिल्लो राजनीतिक घटनाक्रमहरुको बारेमा केही कुरा नभएको स्वास्थ्यमन्त्री पदम गिरीले बताए । रक्षामन्त्री हरि उप्रेती भने विरामी भएका कारण बालुवाटारमा उपस्थित थिएनन् ।

सो भेटमा प्रधानमन्त्रीले परराष्ट्रमन्त्री डा.विमला राई पौडेलतर्फ हेर्दैै, ‘तपाईलाई अपमान गर्न खोजेको होइन’ भन्दै प्रष्टिकरण दिएका थिए । उनले आफूलाई पनि विगतमा त्यस्तो भएको भन्दै मन्त्री जेनेभा गएका बेला यता सरकार छाड्ने मन्त्रीबाट हट्ने परिस्थिति सिर्जना होला भनेर आफूले रोकेको बताएका थिए ।

एमाले केन्द्रीय सचिवालयको बैठकले सरकारबाट हट्ने निर्णय गरेपछि मन्त्रीहरु पार्टी निर्णयसहित राजीनामा बोकेर बालुवाटार पुगेका थिए । सरकारमा एमालेबाट उपप्रधानमन्त्री पौडेलसहित ८ मन्त्री थिए ।

जसमा पदम गिरी, दामोदर भण्डारी, विमला राई पौडेल, ज्वाला कुमारी साह, भगवति चौधरी, राजेन्द्र राई र हरि उप्रेती छन् ।

 

Comments

3 responses to “एमालेका मन्त्रीहरुसँग प्रचण्डले भने- तपाईंहरुसँग काम गर्न अप्ठ्यारो थिएन, नेतृत्वसँग कुरा मिलेन”

  1. ksp pyl Avatar
    ksp pyl

    तपाईहरूसँग अफ्ठ्यारो थिएन ? अनि जेनेभा जान कसलाई रोकेको दिल्लीको टट्टु ?

  2. nagendra Avatar
    nagendra

    You were unqualified and are disqualified for the position of PM, Prachanda, Get down !!
    You are sources of dirty politics, Prachanda, disappear !!
    You are unnecessary load to earth, Prachanda, Collapse !!
    No more you in anywhere !!

  3. bharat kumar Thapa Avatar

    पुष्प कमल दाहाल प्रचण्ड तपाईंलाई अलिकति लाजघिन लाग्दैन जुन पार्टी नेतृत्वले तपाईंलाई प्रधानमन्त्री बनायो त्यहीँ नेतृत्व कसरी अफ्ट्यारो बरू भन्नुस् न भारतिय पक्षले गर्दा र भारतीय पक्षमा नलागे आफू सकिने एमाले तपाईंको भारत भक्तिमा सहमत भएन भन्नुस् तपाईं जतिको अबसरवादी यो देशमा अरू विरलै होलान् comfortable government तपाईंको चाहना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *