पूर्वसचिव मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा, बाटो नभएको स्थानमा पुल बनाएको आरोप

काठमाडौं । पूर्वसचिव ईश्वरचन्द्र मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा पूर्वसचिव मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मरहट्टाविरुद्ध ५ करोड ४५ लाख ५२ हजार ६७१ रुपैयाँ ५४ पैसा विगो दाबी गरिएको छ ।

परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानूनविपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तन गरेको, पुल डिजाइन गराउन स्वीकृत गर्नुका साथै सो दरौदी खोला पुल, जरेवरको निर्माण गराउन आफैंले निर्णय गरी मन्त्रालयस्तरबाट पुलको छनोट गराई कार्यक्रम तयार गर्न स्वीकृतिका लागि प्रदेशसभामा पेश गरेको पनि उनीमाथि आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *