आठदल बैठकमा प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन भत्किएको संकेत गरेका छन् । आज बालुवाटारमा बसेको आठ दलको बैठकमा उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

बैठकपछि बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीकै प्रस्तावमा राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बताए ।

प्रधानमन्त्री प्रचण्डको भनाइ उद्वृत गर्दै उनले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔं । राष्ट्रिय स्वाधिनता तथा जनतालाई सेवा-सुविधा दिने कुरामा एकतावद्ध भएर जाउँ । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ ।’

 

Comments

2 responses to “आठदल बैठकमा प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    मन्त्री खान पार्टी फुटाउने वुद्वि भएका यस्ता अनैतिकले बैठकमा हुँदै नभएको कुरा मिडियामा भन्दैछ । यस्तो झुठको खेती गर्न लाज छैन ?

  2. Dinesh Poudel Avatar
    Dinesh Poudel

    भारतले जे अादेश दियाे त्याे त मान्नैपर्याे नि प्रभुभक्त प्रचण्डज्यू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *