राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रचण्डको ‘लाइन’मा एसडी मुनिको समर्थन, सुझाए चार नाम

काठमाडौं । नेपालका आन्तरिक मामलाहरुमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा पनि आफ्नो राय प्रस्तुत गरेका छन् ।

राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लाइनमा उनले समर्थन जनाएका छन् ।

आज एउटा ट्वीट गर्दै मुनिले रानेपालमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको ‘माग’ जायज भएको बताएका हुन् । साथै उनले उच्च प्रतिष्ठा र राजनीतिक सुझबुझ भएका तर कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेका व्यक्तिलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका छन् ।

उनले चार जनाको नामसमेत प्रस्तावित गरेका छन् । मुनिले प्रस्ताव गरेका नाम हुन्- डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, भुतपूर्व सभामुख दमननाथ ढुंगाना र पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला । यी नामहरुमा राजनीतिक वृत्तले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

Comments

3 responses to “राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रचण्डको ‘लाइन’मा एसडी मुनिको समर्थन, सुझाए चार नाम”

  1. laleek Avatar
    laleek

    यस्ता बुद्बु नेता भएका देशमा जनताहरुलाई सास्ती नै हुनेनै हुनेछ, जनताहरु पनि कम्ताका छैनन् ?

  2. उमेश राउत Avatar
    उमेश राउत

    अर्काको देशमा हस्तक्षेप गर्ने ए डाका !
    तेरो देशमा को ग़ैर राजनीतिक व्यक्ति राष्ट्रपति भएको छ ?

  3. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    अनुराधा कोइराला र लोकराज बराललाई पनि भनेछन् । बाबुरामलाई अब पत्याउन्नन भनेर होला कि नाम नलिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *