राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा जारी छ।

बैठक सोमबारबाट सुरु भएको थियो ।

रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।

उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

यस्तै, राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ । बैठकमा राष्ट्रपति र गृहमन्त्रीका साथै भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने जनाइएको छ।

Comments

2 responses to “राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा”

  1. जनक चाैधरी Avatar
    जनक चाैधरी

    राजनीितक अवसरवाद र अराजकहरूको समूह हो माअोवादी नामको प्रचण्ड झुण्ड । त्यहाँ न राजनीतिक लक्ष्य छ न त निष्ठा नै । त्यसैले प्रचण्डलाइ काँग्रेसले निर्वाचन अघिको सहमती नमानेपछि वालकोट पुगे । त्यो भन्दा पहिले केपी अोलीलाइ नेता पनि नमान्ने उही प्रचण्ड अोलीको सहयोगमा अालोपालो प्रधानमन्त्री बन्ने सहमती जनाए । तर अब काँग्रेसले राष्ट्रपतिमा सहयोग गर्न र पाँच वर्ष प्रधानमन्त्री बनी रहन दिएको ललिपपमा अलमलिएको विभिन्न पत्रपत्रिकामा प्रकाशित भएकाछन् । यस्ता समाचारमा सत्यता रहेको पुष्टि हुने संकेत राष्ट्रिय सहमतीको हवला दिएर गरेको छ । अब के गर्छ हेर्न बाँकी नै छ ।

  2. Binod dai Avatar
    Binod dai

    नागरिकता मुद्धा पश्चात रबि र रा.स्वा.पा. गृहमा आँखा लगाउनु सत्तालिप्सा, Conflict of interest हो भने अझै पासपोर्ट, अध्यागमन,स्ट्रिङ्ग अपरेशन ठगी, बहु विवाह जस्ता मुद्धा अदालतमा बिचराधिन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *