जनताको कामदारको रूपमा मैले आफूलाई बुझेको छु : मुख्यमन्त्री राजकुमार शर्मा (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफू एउटा कामदारको रूपमा बुझेको बताएका छन् ।

वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो भनाइ राख्दै मुख्यमन्त्री शर्माले भने ‘म एउटा कामदार रूपमा बुझेको छु, मलाई तपाईँहरूले सही ढङ्गले काम दिनुहुने छ, सही ढङ्गले सल्लाह र सुझाव दिनुहुने छ भन्ने अपेक्षा राखेको छु ।’

जनताको अवस्था कर्णालीको अवस्थालाई परिवर्तन कर्णालीको समृद्धिको अभियान थाल्ने उनले बताए ।

कर्णालीमा रहेका अथाह साधन स्रोत, श्रम शक्ति पहिचान गरेर समृद्ध कर्णाली, सुखी कर्णाली, सुखी र खुसी कर्णाली निर्माण गर्ने अभियानमा सँगै सँगै अगाडि बढ्न पनि उनले सबैलाई आग्रह गरे ।

वित्तीय सङ्घीयता पूर्ण रूपमा लागू नभएकाले प्रशासनिक सङ्घीयता अत्यधिक कमजोर अवस्थामा रहेको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *