फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनेगरी मिति तोक्न आयोगसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गर्न निर्वाचन आयोगसँग माग गरेको छ। कांग्रेस उपसभापति उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन मिति घोषणा गरेर अहिले देखिन थालेको संशयको घेरा तोड्न माग गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ। यसतर्फ बेलैमा ध्यान जाओस्।’

नेपाली कांग्रेसले राष्ट्रपतिमा अरू दलसँगको सहकार्यको प्रयास गरेर यसअघि नै उम्मेदवारी दिने निर्णय गरिसकेका छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने पक्षमा छन्।

सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार राष्ट्रपति एमालेको भागमा परेको थियो। तर, कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै माओवादीले राष्ट्रिय सहमतिको प्रयास गर्ने निर्णय गरिसकेको छ। माओवादीको निर्णयप्रति एमाले भने सशंकित बनेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *