१० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जान्छ : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जाने दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस आफ्नो कोर्स पुरा गर्न नसकेपछि ओलीले नयाँ कोर्स निर्माण गरेको बताए।

उनले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको उनको भनाइ छ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको आभार व्यक्त गरे। उनले प्रधानमन्त्रीलाई जस्तै सभामुखमा देवराज घिमिरेलाई विश्वासको मत दिन आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *