विमलेन्द्र निधिले भने- संसद् विघटन गर्न पाउने ओलीजीको अभिव्यक्तिले झस्किएका छौँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले प्रतिनिधि सभा फेरि विघटन हुनसक्ने भन्दै झस्किएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने, ‘म नीति बनाउँछु। सरकारले लागू गर्नुपर्छ। के यो संसदीय र बहुदलीय प्रणालीको संविधानले अवलम्बन गरेको प्रणालीले कार्यपालिका भन्दामाथि कसैले नीति निर्देशन दिन मिल्छ र ? हामी झस्किएका छौँ।’

प्रतिनिधिसभाको विघटन प्रतिगमन नभएको भनिएकोप्रति आपत्ति जनाए। संविधान निर्माण गर्नेबेलामा संसद् विघटन गर्न नपाउने व्यवस्था गर्नेबेलाको स्मरण गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *