फरार सांसदबारे संसदमा कुरा उठेपछि गृहमन्त्रीको जवाफ- कसैको दबाबमा पर्दिनँ, विधिअनुसार हुन्छ (भिडि‍ओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विधि र पद्धतिभन्दा गृह मन्त्रालय नजाने प्रष्ट पारेका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस रामहरि खतिवडाले फरार रहेका सांसदबारे प्रश्न उठाएपछि उनले त्यसको जवाफ दिएका हुन्।

उनले भने, ‘फरार रहेका मानिस संसदमा हुनुहुन्छ। उहाँलाई पक्रन माननीय भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर एक कदम बाहिर जाँदैन। यसको ग्यारेन्टी म यहीबाट गर्न चाहन्छु। त्यसको प्रक्रिया भएकाले कसैको दबाब र प्रभावमा पर्दैन।’

अपराध नियन्त्रणमा गृह मन्त्रालय कसैको दबाबमा टसमस नहुने बताए। सांसद खतिवडाले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीतर्फ इंगित गरेर फरार अभियुक्त भनेका थिए।

उनी महोत्तरी १ बाट निर्वाचित एमाले सांसद कोइरीमाथि मधेस आन्दोलनका बेला प्रहरी जवान थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने कार्यमा सहयोग गरेको अभियोग छ ।

Comments

One response to “फरार सांसदबारे संसदमा कुरा उठेपछि गृहमन्त्रीको जवाफ- कसैको दबाबमा पर्दिनँ, विधिअनुसार हुन्छ (भिडि‍ओ)”

  1. yasoda Avatar
    yasoda

    यस्तो हावादारी कुरा रबि दाइले नगरे हुनेथ्यो नि के ओ बिधि के हो पद्दति ? त्यहाँ आएको मान्छेलाई सिधै थुनामा लागे हुन्न ? फरार सुचिमा रहेको मानिसलाई के को बिधि चाहिन्छ पक्रन ? केपी बा को डर लाग्छ भने भै गोनी … टिभीमा बोले जस्तो सजिलो हुन्न काम गर्न भन्ने बुझ्दै होलान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *