प्रचण्डजीलाई नै प्रधानमन्त्री बनाउन यसअघि गठबन्धन बनाएका थियौं : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउनकै लागि यसअघि गठबन्धन बनाएको बताएका छन् ।

नेपाल हस्तकला महासंघको साधारणसभा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड अहिले पनि बलियो रहेको प्रतिनिधिसभामा लिएको विश्वासको मतले प्रष्ट पारेको बताए ।

उनले अब प्रधानमन्त्रीले सिंगो देश र जनताले थाहा पाउनेगरी कार्यक्रम ल्याउने अपेक्षा गरे ।

‘प्रधानमन्त्रीसँग भोलिपनि पार्लामेन्टमा सँगै हुन्छौं। म उहाँलाई सहयोग गर्नकै लागि भोट हाल्ने मध्येको हो । हिजो पनि उहाँलाई प्रधानमन्त्री बनाउन गठबन्धन नै तयार गरेको हो’ उनले भने, ‘गठबन्धन पछिल्ला दिनमा लठबन्धन भयो । उहाँले अहिले नेतृत्व गर्नुभएको छ । एउटा वामपन्थी पार्टीको तर्फबाट परिवर्तनका लागि ज्यान दिएर हिँडेको, ज्यान हत्केलामा राखेर क्रान्ति गरेको नेता। अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ ।’

Comments

One response to “प्रचण्डजीलाई नै प्रधानमन्त्री बनाउन यसअघि गठबन्धन बनाएका थियौं : राजेन्द्र पाण्डे”

  1. ksp pyl Avatar
    ksp pyl

    सभामुख खाउला भनेर तेल घसेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *