काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा सवारीसाधन खरिद र कार्यालय सञ्चालन खर्चमा व्यापक कटौती गर्ने भएको छ ।
सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको जानकारी गराएका हन् । यस्तै विशेष अवस्थामा बाहेक संघ र प्रदेशमा नयाँ निकाय खोल्न रोक लगाइएको छ ।
त्यस्तै, सरकारी काम छिटो र सहज बनाउन टाइम कार्ड लागू गरिने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । सरल र सहज सरकारी सेवाको व्यवस्था गर्न र लाइन बस्नु नपर्ने बनाउन टाइम कार्ड लागू गर्ने अर्थमन्त्री पौडेलले बताए ।
सरकारी सेवाहरुलाई डिजिटलाइज गर्ने र लामो लाइन बस्नु नपर्ने टाइम कार्डको व्यवस्था सरकारको प्राथमिकतामा छ । अहिले राजस्व तिर्ने कार्यालय, सवारी साधनको लाइसेन्स लिने कार्यालय, नागरिकता र राहदानी जस्ता कार्यालयमा लामो लाइन लाग्दै आएको छ । लामो समयमा पनि काम नभइ आम सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
सरकारले हरेक वर्ष खर्च कटौतीको नारा लिएपनि सरकारको ज्यादा खर्च कार्यालय सञ्चालनमै भइरहेको छ । अहिले पनि चालू खर्चमा बढी खर्च छ ।

Leave a Reply