एमालेले नवनिर्वाचित सांसदहरुलाई दुई दिन प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा एमालेको संघीय संसदीय दल र संसदीय विभागले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ ।

आज दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा प्रतिनिधिसभाका सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

‘नेपालमा संसदीय प्रक्रिया तथा कानून तर्जुमा’ विषयकमा दुई दिने अभिमुखिकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रशिक्षण तथा सम्बोधन गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *