काठमाडौं प्रशासनले दिन थाल्यो ‘समय कार्ड’ सहित सेवा : सेवाग्राहीले कस्तो अनुभव गरे ? (भिडियो रिपाेर्ट)

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले सेवालाई प्रभावकारी बनाउन भन्दै बिहीबारदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ ।

जसअनुसार कार्यलयबाट प्राप्त हुने विभिन्न ४ वटा सेवामा ‘समय कार्ड’ र अन्य ६ सेवामा भने सेवा समयावधि तोकिएको छ । कार्यलयका अनुसार नयाँ नागरिकता, संघसंस्थाको नवीकरण, नाबालाक प्रमाणपत्र प्राप्ति र मुद्दाको पेशी तथा तारिखमा समय कार्ड लागू भएको हो ।

उक्त समय कार्ड र सेवा समयावधि तोकिएसँगै अब सेवाग्राहीहरुले नागरिकताका लागि एक घण्टा, संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक प्रमाणपत्र प्राप्तिका लागि एक घण्टा र मुद्दाको पेशी र तारिखमा ३० मिनेटभित्र सेवा प्रवाह गरिसक्ने जनाएको छ ।

जिल्ला प्रशासनको उक्त निर्णयले सेवाग्राहीहरुका निमित्त सेवा लिन कतिको सहज भएको छ ? ‘समय कार्ड’ को प्रावधान वास्तवमा नै लागू भएको छ वा छैन ? र समयकार्डको प्रावधानलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउन कार्यलयले के कस्ता चुनौतीहरुको सामना गर्न परिरहेको अवस्था छ ? यी यावत प्रश्नको उत्तर खोज्न नेपाल प्रेसले जिल्ला प्रशासन कार्यलय बबरमहल काठमाडौं पुगेर स्थलगत भिडिओ रिपोर्ट तयार पारेको छ ।

भिडिओ रिपोर्टः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *