काठमाडौं । सामाजिक अभियन्ताका नाममा केही युट्युबरहरुले वैदेशिक रोजगार व्यवसायीहरुमाथि कुटपिट र अमर्यादित व्यवहार गरिरहेको भन्दै कारबाहीको माग गरिएको छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि आफूहरुलाई युट्युबर अभियन्ताको नाम दिई गुण्डागर्दी गर्ने गिरोह सक्रिय भएको जनाएको छ ।
मन्चका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव जनक रावलले जारी गरेको विज्ञप्तिमा गुण्डागर्दी शैलीमा कानून हातमा लिएर व्यवसायीहरुको कार्यालयमा आएर कुटपिट, गाली बेइज्जती र धम्की दिने गरिएको उल्लेख छ ।
मञ्चले त्यस्ता युट्युबरलाई कानूनी कारबाहीको दायरमा ल्याउन माग गरेको छ ।


Leave a Reply