मनाङ छाडेका अञ्जन लिगमा नव प्रवेशी चर्च ब्वाइजमा आबद्ध

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली सदस्य अञ्जन विष्ट सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी चर्च ब्जाइजमा आबद्ध भएका छन्।

चर्च ब्वाइजले अञ्जनलाई एक वर्षका लागि आबद्ध गरेको हो। एन्फा एकेडेमीका उत्पादन अन्जनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ११ गोल गरेका छन्।

उनी लगातार उच्च लयमा छन्। यसअघि उनले आफू लामो समयदेखि रहेको मनाङ मर्स्याङ्दीसँगको आबद्ध अन्त्य गरेको मङ्गलवार घोषणा गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *