भन्सार एजेन्टका समस्या समाधानका लागि १५ बुँदे मागसहित परिषदले बुझायो ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालले आज भन्सार विभाग महानिर्देशक चक्रबहादुर बुढालाई भन्सार एजेन्टका विभिन्न समस्या समाधान गर्न १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । भन्सार एजेन्टका पेशागत हकहितको लागि गठित उक्त संस्थाले निर्वाध रुपमा आफुहरुले मापदण्ड भित्र रहेर काम गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् ।

भन्सार विभागमा ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका महासचिव समीर विष्टले भन्सार कार्यालयमा हुने अनाधिकृत व्यक्तिको प्रवेश, गैह भन्सार एजेन्ट विगविगी, भारतीय नागरिकको अनाधिकृत प्रवेश, भन्सार कार्यालयभन्दा अन्यत्र क्षेत्रबाट चोरी निकासी, पैठारी रोक्न माग गरिएको बताए ।

उनले भने, ‘नयाँ इजाजतपत्र पाएका भन्सार एजेण्टहरुलाई ७ महिना पुगिसक्दा पनि भन्सार कार्यालयहरुमा काम गर्ने वातावरण बनेको छैन ।’

ज्ञापनपत्र बुझ्दै भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले परिषद्को माग ठिक भएको र विभागले तत्काल सम्बोधन गर्न सक्ने मागहरुको काम आफ्नो तर्फबाट हुने बताए ।

भन्सार एजेन्टको संख्या न्यून रहेको भन्दै लामो समयको कसरतपछि गत वर्ष ६६० जना भन्सार एजेन्टको लोक सेवा आयोग मार्फत परिक्षा लिएर नामावली प्रकाशित गरेको थियो ।

राज्यको सबैभन्दाबढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

यी हुन् १५ बुँदे मागः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *