सन् २०२१ आन्तरिक पर्यटन वर्ष: पर्यटन मन्त्री (भिडियो)

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छन्।

शुक्रबार पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले तत्काल बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नु पर्ने बताएका हुन्।

कोरोनाको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पुरा गरेर पर्यटन बजारलाई बढाउन ब्यबसायीहरुलाई आग्रह उनले आग्रह गरे।

त्यस्तै अर्को एक प्रसंगमा मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सहि रहेको दावी गरे ।

कर्मचारी लगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिनसक्ने भएकोले सरकारले दुई दिने विादको कुरा अघि सारेको उनको भनाइ थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *