रहेनन् पूर्व अर्थमन्त्री बस्नेत

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । उनी बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष समेत थिए । पारिवारिक स्रोतका अनुसार आज बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

भोजपुरमा जन्मिएका बस्नेत नेपाल सरकारको विभिन्न पदमा रहेर काम गरेका थिए ।

उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, सर्वोच्च अदालतको न्यायाधीश, कानून तथा न्याय, शिक्षा मन्त्री र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत भएका थिए ।

बस्नेतले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर कार्यकारी अध्यक्ष बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *