ओलीको विश्वकप फाइनल अनुभवः जोशमा दुईपटक उठेँ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेलकुदका विभिन्न विधाहरुमा रुची राख्छन् । उनी फुटबलका पनि पारखी हुन् । दुनियाँका एक अर्बभन्दा बढी मान्छेले एकसाथ हेरेको विश्वकप फुटबल फाइनल ओलीले नेहेर्ने कुरै भएन ।

फाइनलमा उनले अर्जेन्टिनालाई समर्थन गरेका थिए । पोखरामा आयोजित लिट्रेचर फेस्टिबलमा उपस्थित भएका ओलीले अखण्ड भण्डारीसँगको कुराकानीमा विश्वकप फाइनल हेर्दाको अनुभव सुनाए ।

ओलीले भने, ‘फाइनल त अति नै रोमाञ्चक थियो । म अर्जेन्टिनाको पक्षमा थिएँ, तर तटस्थ भावका साथ ।’ उनले आफू विगतमा फुटबल खेल्ने गरेको र फुटबलका सबै नियमहरु थाहा भएको बताए । यसपटकको फाइनल हेर्दा आफू पनि जोशमा आएको उनको भनाइ छ ।

‘युवा उमेरमा मान्छे छिटो उठ्न सक्छ । यसपटकको फाइनलमा म पनि एक–दुईपल्ट उठेँ,’ ओलीले सुनाए । उनी थप्छन्, ‘हुन त म उठेको रंगशालामा देखिने होइन । खेलाडीले पनि देख्ने होइनन् । त्यसैले म उठ्नु र नउठ्नुमा दुनियाँलाई कुनै सरोकार हुँदैन । तर, खेलसँग बगेपछि सेन्टिमेन्ट यस्तो हुँदोरहेछ कि आफैं उठिन्छ ।’ उनले राति भएकाले विश्वकप फाइनल हेर्दा आनन्द मिलेको अनुभव सुनाए ।

https://youtu.be/d_bNW2s3snE

Comments

One response to “ओलीको विश्वकप फाइनल अनुभवः जोशमा दुईपटक उठेँ (भिडिओ)”

  1. Him oli Avatar
    Him oli

    सरि अरु हरेक पटक साथ दिईयाे तर यश फुटवलमा सकिन ठुला वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *