नेकपा एकताको पक्षमा केन्द्रीय सदस्य विष्णु रिजालको अपील

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य तथा विदेश विभाग उप–प्रमुख विष्णु रिजालले पछिल्ला राजनीतिक तिक्तता बिर्सेर पुरानै नेकपाको एकताका लागि नेता कार्यकर्तामा अपील गरेका छन् ।

घटनाक्रमबाट पाठ सिक्दै सबै नेताले आ-आफ्ना सीमा र सबलता बुझ्न सकियो भने नेकपा पुनः एकीकृत भएर अघि बढ्न सक्ने नेता रिजालको विश्वास छ । आज बिहान सामाजिक सन्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलताले नेताहरुलाई पुनः एकपल्ट ठन्डा दिमागले सोच्ने मौका दिएको बताएका छन् ।

नेकपाको औपचारिक विभाजन भइनसकेकाले पुनःएकता सम्भव रहेको इंगित गर्दै उनले लेखेका छन्, ‘धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बाँकी छ । एकताका लागि आ-आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने समय आएको छ । आवेग, उत्तेजना र अहम् क्षणिक हुन् भने देश, पार्टी र युवा पुस्ताको भविष्य दीर्घकालीन हो ।’

उनले एकता विथोलिएको देखे-भोगेका नेता कार्यकर्ताले नै भोलिका दिनमा सजगतापूर्वक एकता बचाउन सक्ने भन्दै हारेको सिपाहीले सजगतापूर्वक युद्ध लड्ने तर्क प्रस्तुत गरेका छन् ।


Comments

2 responses to “नेकपा एकताको पक्षमा केन्द्रीय सदस्य विष्णु रिजालको अपील”

  1. Anjana Sapkota Avatar
    Anjana Sapkota

    बिष्णु रिजाल भन्ने बन्दुके र होलीवाइनको दासले उस्का मालिकलाई सत्तामा जान नेकपाको एकता गरौं भनेर बान्ता गरेछ। बहुमतको ध्वास देखाएर पार्टी फुटाउने तिमीहरु होइनौ? ओली समुह केही होइन, चोइटिएर गएको स्यानो समुह हो, हामी नै मुल्धार हौं भनेर खुब गड्डी हाँक्थेउ नि, खाउ अब ठुलो भाग। ओली मर्छन बरु, तर #मोदिका_खेताला मार्झन्डलाई चैनको सास फर्न दिदैनन।

    1. amit Avatar
      amit

      sahi ho anjana ji

Leave a Reply

Your email address will not be published. Required fields are marked *