इलाम । इलामको दुइटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना जारी छ ।
इलाम १ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सुरुवाती चरणदेखि नै पछाडि परेका छन् ।
एमालेका महेश बस्नेतले १० हजार २२७ मत ल्याउँदा नेता खनालले ८ हजार ७८० मत ल्याएर पछ्याइरहेका छन् ।
क्षेत्र नं २ मा पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङले लिड गरेका छन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङ अगाडि लागेका हुन् ।
एमालेका नेम्वाङले ९ हजार २१८ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले ८ हजार २५ मत ल्याएर पछ्याइरहेका छन् ।

Leave a Reply