सुर्खेत । जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा वारेसनामा भोट हाल्न नदिएको विषयलाई लिएर झडप भएको छ । झडपमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) घाइते भएका छन् ।
डाँफे मतदान केन्द्रमा वारेसनामा भोट हाल्नबाट प्रहरीले रोकेपछि स्थानीयसँगको असई रामकुमार चौधरी घाइते भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । अहिले उक्त मतदान केन्द्रको मतदान रोकिएको छ । उनका अनुसार मतदान सुचारू गर्न छलफल भइरहेको छ ।

Leave a Reply