काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ कलमसीमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएकाे छ ।
६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको हाे ।
झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको थियाे ।
प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनार सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply